२०८२ मंसिर ३, बुधबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सलाई १४७ रनमा रोकेको छ। योसँगै काठमान्डुले १४८ रनको लक्ष्य पाएको छ।

सातौं विकेटका लागि ४.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए। यहि साझेदारी सुदूरपश्चिमका लागि महत्वपूर्ण सावित भयो। दीपेन्द्रले १८औं ओभरमा आउट हुनुअघि ३० बलमा ३९ रनको योगदान गरे। उनले ३ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि पहिलो ओभरमै काठमान्डुका कप्तान करण केसीले दुई विकेट लिएपछि सुदूरपश्चिम सुरूमै दबाबमा पर्‍यो। दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबिडब्लूको धरापमा पारे।

ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट समातिए। तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई दुई रनमा मिलिन्द कुमारबाट क्याच गराए। त्यसपछि इशान पाण्डेलाई मिलिन्द कुमारले पावरप्लेको अन्तिम बलमा ११ रनमा आउट गरे।

पावरप्लेमा सुदुरपश्चिमले चार विकेट गुमाउँदा २७ रन मात्र जोडेको थियो। लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके। पहिलो दुई ओभरमा दुई रन खर्चिएर तीन विकेट लिएका करणले १७औं ओभरमा आफ्नो तेस्रो स्पेल गरेका थिए। तर यो ओभरमा उनले २४ रन खर्चिएका थिए।

करणलाई सुदूरपश्चिमका अमेरिकी ब्याटर हर्मित सिंहले पहिलो बलमा चौका प्रहार गर्दा त्यसपछि लगातार तीन छक्का हिर्काएका थिए।

अघिल्लो ‌ओभरमा हर्मितले मिलिन्द कुमारविरूद्ध पनि तीन छक्का प्रहार गर्दा सुदूरपश्चिमलाई निकै राहत भएको थियो।

बलिङमा काठमान्डुका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा ३० खर्चिए। रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २-२ विकेट लिए।