२०८२ आश्विन १४, मंगलवार

दैलेख । नेकपा एमालेएमाले ठाटीकाँधले राष्ट्रिय स्वाधीनताको लागि जागरण अभियान संचालन गर्ने भएको छ। असोज १२ गते आइतबार पार्टी कार्यालय गाउँपालिका कमिटी अध्यक्ष कृपाराम थापाको अध्यक्षतामा बसेको बैठकले जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो।

उक्त बैठकले पछिल्लो समय मुलुकमा विकसित राजनैतिक घटनाक्रमको समीक्षा गर्दै उक्त निर्णय गरेको पालिका कमिटी अध्यक्ष कृपाराम थापाले जानकारी दिए।

उनकाअनुसार पहिलो चरणमा वडा स्तरीय भेला तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने जसमा असोज २७ गते वडा नम्बर ३ र ४ मा २८ गते वडा नम्बर १ र २ र २९ गते वडा नम्बर ५ र ६ मा कार्यक्रम राखिएको छ।

यस्तै, सबै वडा र टोल स्तरमा भेटघाट कार्यक्रम आयोजना गर्ने, कार्तिक १ गते पालिका भेला तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने बैठकले योजना बनाएको छ।

साथै उपयुक्त समयमा पालिका तहमा विशेष कार्यक्रमसहित खुल्ला युवा भेला आयोजना गरिने अध्यक्ष थापाले जानकारी दिए।

यस्तै, बैठकमा बोल्दै अध्यक्ष थापाले गत भदौ २३ गते राजधानी केन्द्रित जेन्जी समूहको शान्तिपूर्ण प्रदर्शनमा लोकतन्त्र बिरोधी शक्तिहरुले घुस(पैठ गरि मुलुकभर गरिएको तोड्फोड आगजनी र लुटपाट तथा आन्दोलनको मक्सद र जेन्जीसमुहको भावना माथी खेलबाड गर्दै राष्ट्र र राष्ट्रियतामाथी नै हमला गर्दै नेपालको लोकतान्त्रिक र सार्वभौम इतिहास मास्ने चेस्टा गरिरहेका बताए।