२०८२ आश्विन २६, आईतवार

काठमाडौँ । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको छ।

गत आवको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई दिने भएको हो।

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आगामी १९औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।