२०८३ श्रावण २०, बुधबार

वीरेन्द्रनगर।  निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन्। महासंघको तेस्रो अधिवेशनबाट बम अध्यक्षमा निर्वोरोध निर्वाचित भएका हुन्।

उपाध्यक्षमा तुलराज शाही, सचिवमा नवीनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह तथा सहकोषाध्यक्षमा शिमिला खड्का निर्वाचित भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरूमा मनबहादुर चँदारा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही, खड्गबहादुर शाही र ध्वजबहादुर शाही चयन भएका छन्।

महासंघ अधिवेशनले वरिष्ठ उपाध्यक्ष र महासचिव पद पहिलो कार्यसमिति बैठकबाट मनोनयन गर्ने सहमति गरेको छ। सोही सहमतिअनुसार प्रदीप खड्कालाई वरिष्ठ उपाध्यक्ष तथा भरत डाँगीलाई महासचिवमा मनोनीत गरिने निर्णय भएको महासङ्घले जनाएको छ।