काठमाडौँ । हिजो तोलामा दुई हजार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज व्यापक मात्रामा वृद्धि भएको छ।
सुनको मूल्य आज तोलामै पाँच हजार नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ४४ तीनसय रुपैयाँमा झरेको थियो।
सुनको मूल्य मंगलबार पनि तोलामा चार हजार नौसय रुपैयाँ बढेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि उच्चदरमा बढेको छ। तोलामा १७५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार तीनसय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

