२०८२ पुष २०, आईतवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज साँझ दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ।

एक महिनाअघि नै तय भएको सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन्। एकता सन्देश सभा भने भोलि राखिएको छ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।

प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ।