काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले भोलि (बुधबार) सर्वदलीय बैठक बोलाएका छन्।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ।
बैठकमा शीर्ष नेतृत्व सहभागी हुने रास्वपाको भनाइ छ।

