२०८२ माघ १०, शनिबार

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ।

आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रियसभाकाे निर्वाचनका उम्मेदवारलाई विजयी बनाउन अपिल गर्ने निर्णय गरेकोे छ।

राष्ट्रियसभाकाे निर्वाचनमा कर्णाली प्रदेशबाट महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाही उम्मेदवार छन्।

दलका नेता एवं कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेकाे हाे।

यस्तै, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।