सामाजिक संजाल:

२०८२ माघ १८, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ।

अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो।

अस्पतालका अनुसार उनको आइतबार १२ : ४५ मा मृत्यु भएको हो। ब्रेन हेमरेजका कारण उनको मृत्यु भएको बताइएको छ।

शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो।