सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कंडेलले कर्णालीमा यस पटकको निर्वाचनमा एमालेको उत्साजनक अवस्था रहेको बताएका छन्।
मंगलबार वीरेन्द्रनगर निर्वाचन परिचालन समितिले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै २०७९ को निर्वाचन भन्दा यस पटक उत्साहजनक अवस्था भएको बताएका हुन्।
उनले चुनावी भेला र कार्यक्रमहरु हेर्दा उत्साहजनक भएको बताए। उनले भने, ‘यस पटक निर्वाचनमा हामीले ७९ को भन्दा उत्साह पाएका छौँ। धेरै ठाउँमा जित्छौँ। पार्टीका बैठक र भेला आर्कषण र उत्साहजनक छन्। निराशा हुनुपर्ने अवस्था छैन्।’
उनले अहिले सबै दलहरु एक्लाएक्लै चुनाव लड्ने भएकाले एमालेलाई कर्णालीमा कुनै असर नभएको बताए। उनले एमाले अझ बलियो भएर चुनावी मैदानमा प्रस्तुत भएको बताए।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताए।
उनले सामाजिक सञ्जालले चिनेकोलाई प्रधानमन्त्री बनाउने की, जनताको सुखदुःख बुझेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर बहस चलाउन आवश्यक रहेको बताए। उनले भने, ‘व्यक्तिलाई प्रधानमन्त्री बनाउने भर भोट मागिएको छ। सामाजिक सञ्जालले चिनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने की जनताको सुखःदुःख बुझेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर अब बहस चलाउन आवश्यक छ।’
उनले यो चुनाव देश जोगाउने र देश बिर्गोनेबिचको प्रतिष्प्रधा भएकोले सबै नेता कार्यकर्ताले चूनौतीहरुलाई सामना गर्दै जित हासिल गर्न लाग्न आग्रह गरे।