जाजरकोट। यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट उम्मेदवार एमालेका उम्मेदवार डम्बरबहादुर सिंह चुनावी अभियानलाई तीब्रता दिएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार सिंहले जिल्लाका विभिन्न पालिकामा घरदैलो अभियान जारी राखेका छन्।
उम्मेदवार सिंहले बुधबार जुनीचाँदे गाउँपालिकाको विभिन्न वडाका गाउँमा पुगेर मतदातासँग भेटघाट गरेका छन्।
एमाले जाजरकोटकाअनुसार घरदैलो कार्यक्रम अन्तर्गत मजकोट, पन्चाल्ना, पुङ्क, जुर्क निपानेका मतदातासँग भेटघाटसँगै उनिहरुको माग र गुनासो सुनेका थिए।
उक्त गाउँका मतदाताहरुले उठाएका आधारभूत आवश्यकताहरुको परिपूर्तीका लागि सधै आफ्नो पहलकदमी रहने उम्मेदवार सिंहले विश्वास दिलाए।


