सामाजिक संजाल:

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौँ।  संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा संखुवासभाको टोप्केगोला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका बरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार यो भूकम्प ४.७ म्याग्निच्युड मापन गरिएको छ।

यो भूकम्पको धक्का संखुवासभा, ताप्लेजुङसहितका जिल्लामा महसुस गरिएको अधिकारीले बताए।

यो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।