२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत। नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले मतदान गरेका छन्। बिहीबार बिहानै देवकोटाले सुर्खेतको चन्द्रगंगा मावि वीरेन्द्रनगर–११ गाग्रेतालस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन्।

देवकोटा नेकपा एमाले सुर्खेत जिल्ला कमिटि अध्यक्ष समेत हुन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा बिहानैदेखि मतदाताहरू उत्साहजनक रूपमा मतदानमा सहभागी भइरहेका छन्। शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया अगाडि बढिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।