सामाजिक संजाल:

२०८२ चैत्र २, सोमबार

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्। फागुन २३ गते सिकार खेल्न गएका उनिहरु हालसम्म घर नफर्किएको जानकारी प्रहरीलाई आएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले आइतबार बेलुका ५ बजेको आसपासको समयमा बराहताल गाउँपालिका–२ का आसे महतराले उक्त घटनाबारे प्रहरीलाई जानकारी दिएको बताए।

महतराले प्रहरीलाई दिएको जानकारी अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका—८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।

सम्पर्कबिहीन हुनेहरु गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको प्रहरीले जनाएको छ।