२०८२ चैत्र १४, शनिबार

सुर्खेत।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।

केही बेरअघि सामाजिक सञ्जालमा पक्राउको विरोध गर्दै उनले सरकारको यो कदम पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको आरोप लगाएका छन्।

साथै उनले यो प्रतिशको मूल्य धेरै महँगो पर्ने चेतावनीसमेत दिएका छन्। उनले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!’