२०८२ चैत्र १४, शनिबार

धनगढी।  डाेटीको जाेरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा पनि एमालेको प्रदर्शनमा उत्रिएका छन्।

एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका ओझा एमालेका जनसंगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा देखिएका हुन्।

सो क्रममा ओझाले लुगा फुकाल्दै गोली ठोक्नुस भनेको भिडियो भाइरल भएको छ।

`दोषी भए कानुनसम्मत कारबाही हुनुपर्छ,´ ओझाले भने, `बिरामी र वृद्ध व्यक्तिलाई धरपकड गर्नु हुँदैन भनेर सडकमा उत्रिएको हुँ।´

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।

त्यसको विरोधमा एमालेले देशभर प्रदर्शन गरेको छ।