२०८३ बैशाख ९, बुधबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवशको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेभएका छन्।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो।

अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीयाको शल्यक्रिया गरेर बैशाख ५ गते घर फर्केका हुन्। स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवशका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो।