२०८३ असार १, सोमबार

वीरेन्द्रनगर। यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि मधेष प्रदेशले जितेको छ। सोमबार वीरेन्द्रनरको कालुनचोक क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेषले उपाधी हात पारेको हो।

सुपर ओभरमा सूदुरपश्चिमले मधेष प्रदेशलाई १६ रनको तार्गेट दिएको थियो। सुपर ओभरमा जयन्ती भण्डारीले ४ बलमा १० र करुना विष्टले १ बलमा २ रन बनाइन्।

मधेषका लागि साना प्रभिनले ५ बलमा ३ चौकाको मधतमा १५ रन बनाइन भने प्रतिमा शाहले १ रन थपिन्। सुदुरपश्चिमले २ र मधेष १ अतिरिक्त रन पाएको थियो।

पहिला ब्याटिङ गरेको मधेष प्रदेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२९ रन बनाउँदै १३० रनको तार्गेट दिएको थियो। सूदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै बराबरी रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो।