२०८३ बैशाख ७, सोमबार

काठमाडौँ। यूएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली टोलीले २ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको हो।

यस्तो छ प्लेइङ ११ः
दीपेन्द्र सिंह ऐरी (कप्तान), अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी