२०८३ बैशाख २३, बुधबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स छनोट र एसीसी महिला प्रिमियर कप‌का लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले बुधबार इन्दु बर्माको कप्तानीमा महिला टोलीको घोषणा गरेको हो।

टोलीको उपकप्तानमा पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता रानमगर, अनु कठायत, मनिषा उपाध्यक्ष, रुविना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी छन्।

सोनीले टोलीमा पुनरागमन गरेकी छन्। यस्तै टोलीका सावित्री धामी, सोमु विष्ट, सना प्रविण र लक्ष्मी साउदलाई वैकल्पिक खेलाडीको रूपमा समावेश गरिएको छ।

एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसीसी महिला प्रिमियर कप‌ जुन १ देखि १३ तारिखसम्म हुनेछ।