सल्यान। वनगाड कुपिण्डे नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना निर्माण कार्यशाला सुरु भएको छ।
बिहीबार नगर प्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यशालाको शुभारम्भ गरिएको हो। कार्यशालामा आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे समीक्षा गरिनेछ।
यस्तै, चालु आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना निर्माण, प्राथमिकता निर्धारण तथा जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गरिने जनाइएको छ।


