सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापतिमा बिर्खबहादुर मल्ल विजयी भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि भएको निर्वाचनमा मल्ल वियजी भएका हुन्।
मङ्लबार साझ सम्पन्न निर्वाचनमा सभापति पदका उम्मेदवार मल्लले ४३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी मनोजकुमार शाहीले ६ मत मात्रै प्राप्त गरे।
उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने विजयकुमार मल्लले १३ मत प्राप्त गरे।
यस्तै, सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा नन्दबहादुर मल्लले २१ मत प्राप्त गरे।
सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्खबहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएको निर्वाचन समिति संयोजक सुशीलकुमार भामले जानकारी दिए।
३ दिनसम्म चलेको अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयनमा समस्या आएपछि निर्वाचन प्रक्रियामा जानु परेको थियो।




