वीरेन्द्रनगर। नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल एसबीआई बैंक लिमिटेडको सहकार्यमा दैलेखका तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरिएको छ।
नारायण नगरपालिका–९ स्थित ईश्वरी आधारभूत विद्यालय, नारायण नगरपालिका–१ मा रहेकाे बालमन्दिर आधारभूत विद्यालय र दुल्लु नगरपालिका–७ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय झोला वितरण गरिएको हाे।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्की, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक, नेपाल प्रहरी श्रीमती संघकी प्रहरी निरीक्षक सविता जिसी, कर्णाली प्रदेश प्रहरी श्रीमती संघका प्रतिनिधि, नेपाल एसबीआई बैंकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।




