२०८२ माघ २८, बुधबार

सुर्खेत। सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

जिपमा सवार अन्य तीन जना घाइते भएका छन्।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङका लागि छुटेको ग १ ज ५६६१ नम्बरको बोलेरो बुधबार बिहान करिब ५ बजे सल्यानकाे कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटनामा परेकाे हाे।

जिल्ला प्रहरी कार्यालय सल्यानमा अनुसार दुर्घटनामा चालक रुकुमपूर्व सिस्ने गाउँपालिका-४ का ३४ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।