कर्णाली चिसापानी। सामाजिक उत्तरदायित्व अन्तरगत कोहलपुर डेन्टल हस्पिटलले कर्णाली चिसापानीमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बिहीबार नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरुको निःशूल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम गरिएको हो।
शिविरमा करिब २६५ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्।
परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा दाँतमा किरा लाग्ने, दाँत निकाल्नुपर्ने, रुट क्यानाल गर्नुपर्ने तथा गिजासम्बन्धी विभिन्न देखिएका समस्याहरुको उपचार गरिएको कोहलपुर डेन्टल हस्पिटलका एमडी गजेन्द्र शाहीले जनाकारी दिए।

एमडी शाहीकाअनुसार शिविरमा दाँत तथा गिँजामा हुने विभिन्न रोगका कारण मुखको क्यान्सर हुन जोगाउन परीक्षण र उपचारसँगै आवश्यक परामर्श दिइएको छ।
यस्तै, शिविरमा जनरल फिजिसयिन डाक्टर चेतन न्यौपाने र डेन्टल सर्जन डाक्टर आनन्दी यादव नेतृत्वको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, दन्त उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो।
शिविरमा सहभागीहरूको रक्तचाप परीक्षण, आधारभूत स्वास्थ्य जाँच तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो।
अस्पतालका एमडी शाहीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने र ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।




