२०८३ जेष्ठ २६, मंगलवार

जाजरकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छन्। सिंहको नेतृत्वमा सोमबार २० सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको हो।

नवनिर्वाचित समितिको उपसभापतिमा प्रकाशकुमार कार्की, सचिवमा कर्णप्रसाद जैसी, सह–सचिवमा इन्द्रजित शाही तथा कोषाध्यक्षमा प्रमोद जंग शाह चयन भएका छन्।

सिंह यस अघि पनि जिल्लाको तदर्थ समितिको सभापति थिए।

यस्तै, सदस्यहरूमा टीका बिक, निरज सिंह, दलबहादुर खत्री, धिरेन्द्र पुन, जनक शाही, वीरबहादुर खड्का, केशव रावत, ज्ञानबहादुर घर्ती, संगीता थापा, मानबहादुर बुढाथोकी, रामबहादुर केसी, गौर शाही, सरिता पुन, प्रेमबहादुर सिंह र सुनिता बिक चयन भएका छन्।

अधिवेशनमा सभापति पदका लागि महेश सिंह, राघब कार्की, डिएन शाही र रमेश केसी आकाँक्षी रहेका थिए। अन्ततः सहमति जुटेपछि महेश सिंहको नेतृत्वमा २० सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचण समितिले जनाएको छ ।