२०८३ असार ८, सोमबार

वीरेन्द्रनगर। नेकपा एमाले कर्णालीमा पार्टी पुनर्गठनको व्यापक आवाज उठेको छ। नेकपा एमाले सुझाव संकलन कार्यादलको आयोजनामा भएको पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा नेतृत्व परिर्वतनको आवाज उठेको हो।

नेकपा एमालेका एक नेताका अनुसार सोमबार भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्ला मध्ये अहिलेसम्म ६ वटा जिल्लाका जिल्ला पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आफ्ना सुझाव राखिसकेका छन्।

ती नेताका अनुसार ६ जिल्लाबाट ३७ जना नेताहरुले आफ्नो सुझाव राखेका थिए। सुझाव राखेका मध्ये ३४ जनाले पुनर्गठको पक्षमा र ३ जनाले पुनर्गठनको विपक्षमा मत राखेका छन्।

बाँकी ४ जिल्लाको सुझाव लिन बाँकी रहेको एमालेले जनाएको छ।

नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमका एमाले उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्षद्धय विष्णू पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल लगायतका नेताहरु कर्णालीमा छन्।