काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरेको छ।
आईसीसी विश्वकप लिग–२ को शृंखलाका लागि अमेरिका र स्कटल्यान्डको टोली नेपाल भ्रमणमा आउँदै छ। त्यही क्रममा क्यानले अमेरिका ‘ए’ र स्कटल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’को प्रतिस्पर्धा गराउन लागेको हो।
त्यसका लागि अनिलकुमार साहको नेतृत्वमा नेपाल ‘ए’ टोली घोषणा गरिएको छ। टोलीमा तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रसिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल र साहब आलम छन्।
तीनै देशका ‘ए’को प्रतिस्पर्धा ६ देखि ११ मेसम्म मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुनेछ।

