मुम्बई। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए। यस क्रममा उनले ३ चौका र २ छक्का हाने।
दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा डेब्यु खेलमै सुबास खकुरेलले हङकङ विरुद्ध अर्धशतक प्रहार गरेका थिए।
यस विश्वकपमा पहिलो खेल खेलिसकेका सोमपाल कामीले अविजित २६ रन बनाए। उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे।
सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे। यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो। यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थिय ।
यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्यो।

