रुकुमपश्चिम। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। मंगलबार खलंगास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार केसीले रुकुमेलीको शीर झुक्न नदिने बताए। १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धिकरण र सम्भ समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने उल्लेख छ।
त्यसैगरी पर्यटन, जडीबुटी र पूर्वाधार, बसाइँसराइ नियन्त्रण, सुरक्षित सडक र भौतिक पूर्वाधार, बिजुली, पानी र सफा वातावरण, स्थानीय तहमा ग्रामीण स्टोर्स, व्यवसायिक सिंचाई प्रणाली, युवा सशक्तिकरण र करिअर काउन्सिलिङ र जलवायु अनुकुलन तथा पर्यावरण संरक्षणका बिषयमा काम गर्ने प्रतिज्ञा गरिएको छ।
कार्यक्रममा निर्वाचन प्रचारप्रसार उपसमितिका संयोजक खड्कबहादुर डाँगीले सहि नीति निर्माणका लागि योगदान दिने प्रतिज्ञा गरिएको दाबी गरे।

