सामाजिक संजाल:

२०८२ चैत्र २७, शुक्रबार

मुगु। राज्यको नजरमा विकट्को उपमा पाएको मुगु जिल्लाको परिचय फेर्न स्थानीय युवाहरुले नयाँ कार्यक्रमको थालनि गरेका छन्। भौगोलिक कठिनाइ तथा स्रोत साधनको अभावलाई पन्छाउँदै जुझारू युवाहरूले आफ्नै पौरख र सक्रियतामा खेलकुदको आयोजना गरेका हुन्।

आउँदै गरेको नयाँ वर्ष २०८३ को अवसर पारेर यही चैत २७ गते शुक्रबारदेखि बैशाख १ गतेसम्म पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ।

रारा लेकसाइड स्पोट्र्स क्लबको आयोजनामा भएको सुरु भएको उक्त प्रतियोगितामा स्थानीय युवा अभियन्ताहरू बिबेक शाही, सुन्दर बडुवाल र रेफ्री रोशन शाही लगायतको समूहले प्रतियोगिताको मुख्य नेतृत्व सम्हालेका छन्।

युवाहरूमा सकारात्मक सोच, खेल अनुशासन र नयाँ जोश भर्ने पवित्र उद्देश्य रहेको आयोजकले जनाएको छ।

यो प्रतियोगिता केवल एउटा खेल उत्सव मात्र नभई मुगुका युवाहरूको सामूहिक सामथ्र्यको प्रतीक पनि रहेको अभियान्ता सुन्दर बडुवालले जानकारी दिए।

उनका अनुसार सरकारी वा बाह्य निकायको सहयोगमा नभएर आफ्नै बालबुता अर्थात् (निजी प्रयास) मा खेल मेलाको आयोजना गरिएको हो।

उक्त आयोजनाले मुगुका युवाहरू आत्मनिर्भर र सचेत छन् भन्ने दरिलो सन्देश दिएको छ।

प्रतियोगिताका मुख्य उद्देश्यहरू

नयाँ वर्षको उल्लास २०८३ साललाई हर्षोल्लासका साथ स्वागत गर्ने, सकारात्मक ऊर्जावान युवाहरूलाई कुलत र निराशाबाट टाढा राखी सिर्जनात्मक कार्यमा जोड्ने, खेल अनुशासनस् मैदानभित्र र बाहिर अनुशासित नागरिक तयार पार्ने र नयाँ जोश खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्फूर्ति प्रदान गर्ने रहेका अयोजकले जनाएको छ।

स्थानीयको उत्साह

यस्तै, दुर्गम जिल्ला त्यसैमा स्रोत साधनको अभावमा फुटबल प्रतियोगिताको आयोजना हुने भएपछि स्थानीयवासी हर्षित बनेका छन्।

रारा लेकसाइडको काखमा आयोजना हुने यस खेलले एकातिर खेल पर्यटनको विकासमा टेवा पु¥याउनेछ भने अर्कोतिर मुगुको पहिचानलाई विकट्बाट विकसित र क्रियाशीलतर्फ मोड्ने विश्वास आयोजकलले लिएको छ।

यस फुटबल कपले मुगुका कुनकाप्चामा रहेका प्रतिभाहरूलाई एउटै मैदानमा समेट्दै भाइचारा र एकताको भावना अझ बलियो बनाउने आयोजकको अपेक्षा छ।

नयाँ वर्ष २०८३ को यो सुरुवात मुगुको खेल इतिहासमा एउटा सुनौलो अध्याय बन्ने निश्चित देखिएको छ।