काठमाडाैँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामिछाने र शाहसँग न्यानो टेलिफोन वार्ता भएको बताएका हुन्।
वार्ताका क्रममा उनले दुवै नेतालाई उनीहरूको चुनावी विजय तथा नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि बधाई दिएकाे उल्लेख गरेका छन्।
त्यस्तै, उनले बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत र नेपालबीच पारस्परिक समृद्धि, प्रगति र जनकल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत र नेपालबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।




