सामाजिक संजाल:

२०८२ माघ १६, शुक्रबार

सुर्खेत । ‘फोहोर होइन ज्ञान बाडौँ भन्ने नाराका साथ प्लास्टिक कैद प्रतियोगीता गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाको आयोजना र दिगोसोच नेपाल संस्थाको सहकार्यमा पर्यटकीय स्थल घण्टाघर पार्कमा बिहीबार प्रतियोगीता गरिएको हो।

संस्थाका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगीतमा पाँच वटा विद्यालय का ६ देखि १० सम्म पढ्ने विद्यार्थीहरू सहभागी थिए।

प्रतियोगीताको प्रथम स्थान नेरा मावि, दोस्रोमा उषा बालबाटिका र तेस्रो स्थानमा भैरव माविले हासिल गरेका छन्।

प्रतियोगीतामा हरेक विद्यालयको एक–एक वटा समूहले आधा लिटर मिनरल वाटरको बोतलमा छरिएको प्लास्टिकका फोहोरहरूलाई लठ्ठीको सहयोगले बोतलभित्र भित्र कैद गगरेका थिए।

निर्णायक मण्डलमा सामाजिक अभियन्ता किरण किशोर सापकोटा, दिगो सोच नेपाल नेपाल संस्थाका कोषाध्यक्ष सम्झना परियार र वातावरण तथा विपत उपशाखा प्रमुख यमलाल गिरी थिए।

उक्त प्रतियोगीताले फोहोर यत्रतत्र छरेर वातावरण प्रदुर्षणका साथै मानव जातिलाई नकारात्मक स्वास्थ्य लगायत अन्य विभिन्न किसिमका समस्या हुने कुरा सिकाएको छ।

यस्तै, समाजमा रहेका हरेक उमेर समूहका वर्ग जातिहरूलाई प्लास्टिक जन्ने फोहोर नबालेर कैद गरेर फोहोर व्यवस्थापन गर्न मद्दत गर्न प्रेरणा दिने संस्थाका अध्यक्ष थापाले बताए।

साथै प्रतियोगीता मा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरूलाई माघ १८ गते आइतबार वीरेन्द्रनगर नगरप्रमुखबाट प्रमाणपत्र र उपहार प्रदान गरिने आयोजनाले जनाएको छ।