सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ज्ञानबहादुर शाही निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शाहीले १४ हजार ८१६ मत प्राप्त दोस्रो कार्यकालका लागि विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्। तेस्रोमा नेपालीका कांग्रेसका दीपबहादुर शाही बने। उनले ७ हजार १४३ मत प्राप्त गरे।
यस्तै, एमालेका शान्तिलाल महतको ४ हजार ५१८ मत र रास्वपाकी बिनिता कठायतको ४२१ मत छ। देशभर रास्वपाको पक्षमा नतिजा आउँदा जुम्लामा भने कमजोर नतिजा आयो।
शाहीको लगातार दोस्रो जित
यस्तै, राप्रपाका शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा लगातार दोस्रो जित दर्ता गराएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका शाही २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन दल मिलेर बनेको वाम लोकतान्त्रि गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराए।
गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) पराजित बनिन्। गोमालाई १० हजार ८६० मतान्तरले हराउँदै शाही पहिलो पटक सांसद बने। शाही २२ हजार ८१९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९५९ मत पाइन्।
एमालेका रतननाथ योगीले ६ हजार ५२८, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाए।
यस्तै, राजनीतिमा आउनुपूर्व शाहीले भ्रष्ट्राचारविरुद्ध आजाव उठाँदै ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको संयोजक हुँदै देशैभर अभियान चलाएका थिए।
अगाडीपछाडी युट्बयुर लगाएर सरकारी कार्यालयहरुमा छिर्दै हिसाब–किताब समेत खोजे। त्यसपछि उनि सामाजिक अभियन्ताबाट राजनीतिमा होमिए।
पछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरे। चुनाव लड्न जुम्ला फर्किए। उक्त अभियानले जुम्लाको सिंजा गाउँपालिका–३, पिगी स्थायी घर भएका शाहीलाई ०७९ को निर्वाचन जिताउँनमा ठूलो राहत दिएको थियो।
२०६४ सालदेखि नेकपा माओवादी केन्द्रको गढ मानिएको जुम्ला शाहीले ०७९ मा नै भत्किाइदिए। यस पटकको निर्वाचनमा पनि नेकपाका उम्मेदवारलाई भण्डारीलाई भारी मतान्तरले हराएर सांसद बनेका छन्।
०६४ सालको निर्वाचनमा उनै भण्डारीले २१ हजार १२७ मतसहित चुनाव जितेका थिए। उनले काँग्रेसका उम्मेदवारलाई हराए। काँग्रेसले १२ हजार मत पाएको थियो।
०७४ को प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका भण्डारी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए। २०७९ मा पनि प्रतिनिधिसभा निर्वाचनमा लड्न चाहेका उनले टिकट पाएनन्।
त्यसपछि उनि मसिनो गरी पार्टीकै गतिविधिमा संलग्न रहेर यस पटकको निर्वाचनमा टिकट पाए पनि राप्रपाका शाहीलाई हराउन सकेनन्।