२०८२ फाल्गुन १२, मंगलवार

इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुनसरीको इटहरीमा चुनावी सभा गर्दैछ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहभागी हुने रास्वपाले जनाएको छ।

उनीहरूले चुनावी सभालाई सम्बोधनसमेत गर्नेछन्। यसअघि रास्वपाले भैरहवा र पोखरामा तय भएको चुनावी सभा स्थगित गरेको थियो।

धनगढी, सुर्खेत र दाङमा भने चुनावी सभा भएको थियो। सभापति लामिछाने आजै झापा गएका छन्।

बालेनलगायत पार्टीका उम्मेदवारको चुनावी प्रचार कार्यक्रममा सहभागी हुन उनी झापा पुगेका हुन्।

झापाबाट उनी चुनावी सभालाई सम्बोधन गर्न इटहरी पुग्ने कार्यतालिका छ।