२०८३ असार २९, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ।

सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन्। स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ।

यसअघि सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए।

ती गाडी प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ।