२०८२ फाल्गुन १, शुक्रबार

काठमाडाैँ । बंगलादेशमा बिहीबार भएको स‌ंसदीय चुनावमा राेचक परिणाम देखिएको छ। सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ने;नल सिटीजन पार्टीले लज्जास्पद हार व्यहाेरेकाे छ। याे पार्टीले अहिलेसम्म २ स्थानमा मात्रै अग्रता बनाएको छ।

यता, जमात–ए–इस्लामीको पनि हार भएको छ। जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले ४५ सिट मात्रै जितेको छ। जमातका नेता शफिकुर रहमान ढाका–१५ सिटबाट विजयी भएका छन्।

बिहीबार भएको आम निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो । भारतमा निर्वासित जीवत बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने यो निर्वाचन पूर्ण रुपमा फर्जी र असंवैधानिक भएको बताएकी छन्।

उनले मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक रुपमा सत्तामा कब्जा गरेको र सोही अनुसार चुनाव गराएको उनको आरोप छ।

बंगलादेशमा बिहीबार भएको स‌सदीय चुनावमा बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ।

ढाका ट्रिब्युनका अनुसार ३०० सिटमध्ये बीएनपीले १९८ सिटमा अग्रता बनाएको छ भने १५१ सिटमा जित हासिल गरिसकेको छ। जुन सरकार बनाउन आवश्यक बहुमत हो।

पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

रहमानले चुनाव लडेका दुवै क्षेत्रमा जित हासिल गरेका छन्। उनी गत २५ डिसेम्बरमा मात्रै १७ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएका थिए।