सुर्खेत। कर्णाली उत्सव को सातौँ संस्करण ९चैत २८ देखि ३० गतेसम्म० बाट वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा सुरु भएको छ। ‘कुरा कर्णालीका’ भन्ने नारासहित सञ्चालन हुने उत्सवमा साहित्य, कला, संगीत, समाज र विकासका विविध विषयमा बहस तथा प्रस्तुति गरिने आयोजकले जनाएको छ।
उत्सवको उद्घाटन ‘सात धुनबाट’ भएको थियो। उद्घाटन सत्रमा मोहनमाया ढकालको नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा विद्धत प्रवचन तथा ‘सात वर्ष सात प्रयास’ शीर्षकमा अडियो–भिजुअल प्रदर्शन गरिनेछ। साथै, देवन्द्ररमण खनालको ‘कर्णालीमा बैकिङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालको ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रवचन रहने कार्यक्रम छ।
पहिलो दिन दिउँसो १ः३० बजे ‘सुइना कर्णालीका’ विषयमा छलफल हुने छ भने विभिन्न क्षेत्रका वक्ताहरूले आफ्ना धारणा राख्नेछन्।
त्यसैगरी, दिउँसो ३ बजे ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस आयोजना गरिनेछ। साँझ ४ बजे डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो सफलताको संघर्ष पैकेलोमार्फत सुनाउने छिन्।
४ः१५ बजे ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा छलफल हुनेछ। यस सत्रमा विभिन्न विज्ञ तथा वक्ताहरूको सहभागिता रहनेछ । त्यसपछि ५ः१५ बजे ‘सुइना कर्णालीका’ विषयमा अर्को सत्र आयोजना गरिनेछ।
साँझ ६ः१५ बजे ‘पोजिसन कर्णाली’ विषयमा हरिराम न्यौपानेले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। उत्सवको आकर्षणका रूपमा साँझ ६ः३० बजे ‘कर्णाली कन्सर्टः जुरुक्क कर्णाली’ आयोजना हुनेछ, जसमा जदौ हजुर ब्याण्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाल, विपना सिंह लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार तीन दिनसम्म चल्ने उत्सवले कर्णालीका मुद्दा, सम्भावना र चुनौतीमाथि बहस सिर्जना गर्दै सांस्कृतिक पहिचान प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

