काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कात्तिक ९ देखि मंसिर ५ सम्म) एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने जानकारी गराएको हो।
एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ। आठै फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम सुरु गरेको छ।

