२०८३ असार १, सोमबार

वीरेन्द्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समिति संयोजक भरतप्रसाद (विपी) दाहालले ३ जनाको उम्मेदवारी परेको जानकारी दिए।

उनका अनुसार सभापतिमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके)ले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म ३ जनाको मात्रै उम्मेदवारी परेको दाहालले बताए।

अनका अनुसार पहिलो चरणमा सदस्यहरु र सभापति पदका लागि मनोनयन दर्ता खुल्ला गरिएको बताए। अन्य पदका लागि दोस्रो चरणमा मनोनयनको लागि प्रक्रिया थालिने निर्वाचन समिति संयोक दाहालले बताए।