सुर्खेत। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको सत्ता समिकरण अन्तिम चरणमा पुगेको छ। अबको केही समयमा सातै प्रदेशको भागबन्डा सहित नयाँ खाका तयार हुनेछ।
एमाले स्रोतका अनुसार आज बिहान ११ बजेदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहल प्रचण्डबीच छलफल चलिरहेको छ।
साथै उनिहरुबीचको छलफल अन्तिम चरणमा पुगेपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन समेत सहभागी भएका छन्।




