सुर्खेत। नेकपा एमालेका एक नेताले नेकपासँग बाम गठबन्धनको तयारीमा रहेको बताएका छन्। एमालेका केन्द्रीय सदस्य समेत रहेका उनले एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच बाम गठबन्धनको लागि छलफल भइरहेको जानकारी दिए।
उनले ओसिसखबरसँग कुरा गर्दै सातै प्रदेशमा एमाले र नेकपाबीच तालमेलमा सरकार गठनसँगै बाम गठबन्धनको तयारीमा रहेको जानकारी दिए। उनले भने, ‘अबको गठबन्धन बाम गठबन्धन हुने बाटो तिर छ, टुंगिन बाँकी छ।’




