सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायीक वनमा शनिबार बिहान ९ बजे एक किशोरीको शव भेटियो। शव भेटिएकोे खबरपश्चाप प्रहरी टोली घटना स्थल पुग्यो। उक्त शव वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीय एनिशा विकको भएको पत्ता लाग्यो।
एनिशा स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर बिहान ६ बजेको समयमा घरबाट निस्किएकी थिइन्। उनि वीरेन्द्रनगर–६ मा रहेको उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। तर, परीक्षा दिन भनेर घरबाट निस्किएकी एनिशा फिर्ता भइनन्। उल्टै उनको शव भेटियो खबर घरमा पुग्यो।
एनिशा घरबाट निस्किदा आमालाई स्कुलमा प्रयोगात्मक परीक्षा छ छिट्टै फर्किन्छु भनकी थिइन्। ‘ममि मेरो प्रर्याटिकल छ। म चिया खाएर जान्छु,’ छोरीसँग भएको कुराकानी सम्झिदै उनिकी आमा तिला विकले भनिन्, ‘२ घण्टाको समय हो। म छिट्टै फर्किहाल्छु खाना पकाएर राख्नु, भनेकी थिइन्। म कुरेर बसेँ। छोरी फर्केर आइनन्।’
छोरी घर आएपछि खाना खाने तयारीमा पर्किरहेकी आमा तिलाका लागि छोरी फर्किनन्। उनले छोरी घरमा ढिलो आएपछि विद्यालयमा जानकारी गराइन्। तर, एनिशा उपस्थिति नभएको जवाफ विद्यालयले फर्काएपछि आफन्तले खोजी थाले। केही समयपछि एनिशाको शव फेला परेको जानकारी प्रहरीले तिलालाई गराएँ। उनि हतार-हतारमा घटनास्थल पुगिन्।
एनिशा अचेत अवस्थामा थिएन्। घटनास्थलमा पुगेकी आमा तिलाले छोरीको कम्मरभन्दा तलको भागमा रगत मात्रै बगेको अवस्थामा फेला पारेको बताइन्। ‘कपाल भुत्लाइएको थियो। जिउभरी रगतै–रगत थियो’, उनले भनिन्, ‘मेरो छोरीको शरीर हेर्न सकिने अवस्था नै थिएन।’
परीक्षा दिन स्कुल गएकी छोरीको शरीर जंगलमा निर्जिव भेटिएपछि आमा/बुबाको छाेरीप्नतिकाे सपना उजाडिएको छ।
आफन्तहरुले एनिशालाई जवरजस्ती करणी गरेर हत्या गरिएको भन्दै प्रहरीमा मुद्धा दर्ता गरेका छन्। निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग उनिहरुकाे छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनापछि शंकास्पद व्यक्ति वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरलाई नियन्त्रणमा राखेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने ति किशाेर र एनिशा एउटै विद्यालयमा अध्ययनरत रहेकाे खुलेकाे छ।
प्रहरी स्रोतका अनुसार प्रहरीले एनिशा र पक्राउ परेका किशोरबीच ह्वाटएसएप लागयतका सामाजिक सञ्जालमा कुराकानी हुने गरेको अनुसन्धानबाट पत्ता लगाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनहरुबीच प्रेम सम्बन्ध रहेको हुनसक्ने अनुमान समेत गरेकाे छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी महोनजंग बुढथापाले प्रहरीले उक्त घटनामा शंकास्पद देखिएका अन्य व्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जानकारी दिए। ‘दुई/तीन जना प्रहरीको नियन्त्रणमा छन्। हामीले उनिहरुसँग सोधपुच गरिरहेका छाैँ’, डिएसपी बुढथापाले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिहरु थपघट पनि हुनसक्छन्।’
डिएसपी बुढथापाका अनुसार आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा एनिशाको शव पाेष्टमार्टम भइसकेको तर, रिर्पोट अझैपनि नआएको बताए। ‘हामीले अनुसन्धान गरिरहेका छौँ। पोष्टर्माटमको रिर्पोट आएपछि थप कुरा खुल्छ।’