२०८३ श्रावण १७, आईतवार

मुगु। मुगुका युवाले लामो समयदेखि जीर्ण अवस्थामा रहेका दुई वटा झोलुङ्गे पुलको मर्मत गरी स्थानीयलाई आवतजावतमा सहज बनाएका छन्।

मुगुका रास्वपा सभापति बृर्खबहादुर मल्ल तथा डा उदय मल्लको नेतृत्वमा स्थानीय स्रोत जुटाएर स्थानीय युवाकाे सक्रियतामा पुल मर्मत गरिएको हो।

सोरू गाउँपालिका–६ र ९ लाई जोड्ने कुलाहाँस्थित झोलुङ्गे पुल र छायाँनाथ रारा नगरपालिका–१ छत्यालवाडा र सदरमुकाम गमगढी जोड्ने हुलुमखोला झोलुङ्गे पुल मर्मत गरिएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ।

श्रमदानमार्फत पुल मर्मत सम्पन्न भएपछि विद्यार्थी, ज्येष्ठ नागरिक, किसान तथा सर्वसाधारणलाई सुरक्षित र सहज रूपमा आवागमन गर्न सुविधा पुगेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।