सुर्खेत। अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस कमिटीले क्याम्पस आसपासमा हुने अव्यवस्थित पार्किङ तथा सवारी चापको तत्काल व्यवस्थान गर्न विभिन्न माग गरेको छ। अनेस्ववियुले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय सुर्खेत र यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशलाई बुझाएको हो।

अनेरास्ववियु एमयुका क्याम्पस कमिटि संयोजक च्रक कोइराला र अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस कमिटि संयोजक कमलदेव चलाउनेले संयुक्त रुपमा अव्यवस्थित पार्किङका कारणले पारेको असरको बारेमा ध्यानाकर्षण–पत्र बुझाएका हुन्।
अनेरास्ववियुले विद्यार्थीहरुको शुरक्षा, क्याम्पस क्षेत्रका सडक तथा यातायात व्यवस्थामा देखिएका अव्यवस्थित, जोखिम र भीडभाडका कारण विद्यार्थीहरूको सिकाइ वातावरण नै प्रभावित बन्दै गएको भन्दै आवश्यक सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ।






