२०८२ पुष १९, शनिबार

सुर्खेत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा महेश अधिकारी विजयी भएका छन्। शनिबार (पुस १९) सम्पन्न मतदानमा अधिकारीले ३६ मतसहित जित हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी राजकुमार सिजापतिले २२ मत ल्याए। कुल ५९ मत खसेकोमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघिको कार्यसमितिमा अधिकारी सचिव र सिजापति उपाध्यक्ष थिए। अधिकारी वीरेन्द्रनगर–६ मा रहेको मिशन बुक हाउसका सञ्चालक हुन्।

अध्यक्षमा निर्वाचित अधिकारीले संक्षिप्त प्रक्रिया दिँदै पुस्तक तथा स्टेशनरी व्यवसायीको हकहित एवम् व्यवसायीक उन्नयनका सवालमा काम गर्ने जनाए।