सुर्खेत । वीरेन्द्रनगरमा प्राङगारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौति र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ गरिएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एशियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा संवाद गरिएको हो।
मुल्यवान लोगो उपयोगको हालको अवस्था र विस्तार सम्भावनाहरु, यस संग सम्बन्धित नीति नियमहरुको समिक्षा र उपयोगिता र प्रभावकारिता विस्तारको बारेमा छलफल भएको छ ।
संवादमा कर्णालीमा उत्पादित कृषि उपज, त्यसको पहिचान, ग्रेडिङ, प्याकेजिङ बजारीकरण र ट्रेडमार्कका लागि मूल्यावन लोगो प्रयोगले प्राप्त अवसर, देखिएका चुनौति र आगामी कार्यदिशाका बारेमा सरोकारवालाहरुले विचार राखेका छन्।
लोगोले कर्णाली प्रदेशको पहिचान दिएको तर, व्यवसायिकहरुमा मात्रै प्रचलित भएको बताउँदै आम जनताहरुले पनि लोगोको बोरमा जानकारी दिनुपर्ने सरोकारवलाहरुले बताएका छन्। मुल्यावालन गोलो प्रयोगकर्ता उद्यमी मनिशा खड्काले किसानहरु तथा उद्यमीहरुलाई मुल्यान लोगोका बारेमा सरकारले ज्ञान दिनुपर्ने माग गरिन्। उनले उद्यमीले सबै ठाउँमा कर मात्रै तिर्नुपर्ने वाध्यता भएको बताउँदै किसान तथा कृषिउपन उत्पादनशीत उद्यमीहरुलाई खाद्यान्न सम्बन्धि तालिम दिनुपर्ने बताइन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले सरकारले बनाएको मूल्यवान लोगो कर्णालीमा मात्रै लागु भएको भन्दै देशभर तथा अन्तराष्ट्रिय स्तरमा फैलाउनुपर्ने सुझाव दिए । उनले मुल्यवमा लोगोलाई प्रभावकारी बनाउनका लागि सरकार, यस सँग सम्बन्धि संघ–संस्थाहरु तथा व्यापारीहरु आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए।
एन्साबका कार्यकारी निर्देशक डा.भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगो सुरुवात गरेको कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाई गरेको बताउँदै जैविक विविधताका हिसाबले विश्वमा धनी मानिने यहाँको परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले संवादको आयोजना गरिएको बताए।
यस्तै, लिबर्डका रणनैतिक कार्यक्रम लिडर रिता गुरुङले कर्णालीको खेतबारी र पाखो भूमिमा उत्पादित रैथाने कृषि उपज, यसको पहिचानको आवश्यकता, पछिल्लो अवस्था तथा संरक्षण तथा संरक्षण सरकारी निकाय तथा गैर सरकारी संघसंस्था र नीजि क्षेत्रबाट भएका प्रयास एवं यहाँको उत्पादन, गुणस्तर र बजारीकरणमा नेपालसहित विश्वमा प्रवाह भएका दाबी गरिन्।
सरकारले सहजिकरण गरेको छ : मन्त्री शाह
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मूल्यवान लोगोको प्रयोगका लागि सरकारले सहजिकरण गरिरहेको बताए। मन्त्री शाहले मूल्यवान लोगो कार्यान्वयनको मापदण्ड पनि प्रदेश सरकारले बनाएको बताए । उनले भने, ‘मूल्यवान लोगो लगाएको खाद्यवस्तु विश्वबजारमा रहेको कुनैपनि क्रेतालाई चिन्न यो लोगो ल्याएको हो।’
अर्गानिक कृषिउपजको उत्पादनका लागि नीतिगत पूर्वाधार गर्न आवश्यक रहेको मन्त्री शाहले बताए । उनले नीगित पुर्वाधारको विकास भएपछि कर्णाली प्रदेशमा उत्पादन कृषि बस्तुहरु खान योग्य छन् वा छैनन् भन्ने कुरा पत्ता लाग्ने दाबी गरे। उनले भने, ‘माटो जैविक तत्वहरुको उपस्थिति कस्तो छ, त्यो महत्वपूर्ण हो । हरेक काम सरकारले गरिदिनुपर्छ भन्ने मनोविज्ञान हटाउनुपर्छ। प्राइभेट कम्पनीहरु जाग्नुपर्छ।’
साथै उनले अर्गानिक प्रदेशको उदेश्य पुरा गर्नका लागि प्रत्येक पालिकाले वडास्तरबाट माटो बचाउ कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए।





