Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
मोदीसँग कुराकानीपछि चिनियाँ र अमेरिकी राजदूतले प्रधानमन्त्री कार्कीलाई भेट्ने - oasiskhabar

२०८२ आश्विन २, बिहीबार

????????????? ??????-??????? ????????, ?? ??? : ????????????? ?????? ?????? ?????? ?????????????? ????????????? ??? ??????????????? ?????????? ????? ????? ??? ?????? ???????????? ??????? ?????????? ? ?????? : ???? ???????/????

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्दै छिन्।

बिहान साढे ११ बजे भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तयारी छ।

त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन्। मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन्। यसैको तयारीका लागि प्रधानमन्त्री कार्की आज बिहानै कार्यालय पुगिसकेकी छन्।

यसअघि गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन्। बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन्।