सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैटेका ३१ वर्षीय गणेश सुवेदी सम्पर्कबिहीन भएको तीन वर्ष बित्यो। रोजगारीको शिलशिलामा भारतको मुम्बई पुगेका सुवेदी सोही ठाउँबाट सम्पर्कबिहीन भएका हुन्।
गणेश सुवेदी रोजगारीको शिलशिलामा २०७९ सालको अन्ततिर घरका परिवारसँग भारतको मुम्बईमा पुगेका थिए।
मुम्बई होटेलमा करिब ५ महिना काम गरेपछि सम्पर्कबिहीन भएको उनको श्रीमति अन्दाजी २८ वर्षीय डिलमाया सुवेदीले बताइन्। उनले भनिन्, ‘रोजगारीका लागि घरका परिवारसँग भारत जानुभएको थियो। त्यहाँ पुगेर काम गर्न थालेको करिब ५/६ महिनासम्म सम्पर्कमै हुनुहुन्थ्यो। त्यसपछि सम्पर्क भएको छैन्।’
डिलमायाले श्रीमान गणेशका साथीहरुसँग उनको बारेमा सोधिखोजी गरेपनि कुनै अत्तोपत्तो लागेको छैन्। ‘चिनेजानेका सार्थीभाई तथा आफन्तहरु सबै ठाउँमा खबर गरिसकौं। अझै सम्पर्कमा आउँनुभएको छैन्।’ उनले भनिन्, ‘खबर गर्दा–गर्दै तीन वर्ष बित्तिसक्यो श्रीमान (गणेश) घर आउने आशैआशमा बसेका छौँ।’
यस्तै, डिलमायाले श्रीमानको खोजी गरिदिनकालाई सबैलाई आग्रह गरेकी छन्।
डिलमायाका ९ वर्ष र ३ वर्षकी दुई छोरी र ४ वर्षको छोरा गरी तीन सन्तान रहेका छन्।





