Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
सवारी लाइसेन्स र दर्ता सम्वन्धी सम्पूर्ण कार्य बन्द - oasiskhabar

२०८२ आश्विन १०, शुक्रबार

काठमाडाैँ । सवारी चालक अनुमतिपत्र(लाइसेन्स र सवारी दर्ता सम्वन्धी सम्पूर्ण कार्यहरु बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकाले हाललाई सवारी लाइसेनस र दर्ता सम्वन्धी कार्य बन्द भएको जनाएको छ ।

सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गर्ने सूचना जारी गरेको हो ।